Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अनलाइन कक्षा प्रभावकारी

हाम्रो कोशी आवाज
साउन ३० २०७८, शनिबार
धरानमा अनलाइन कक्षा प्रभावकारी

धरानः धरानमा अधिकांश स्कुलले अनलाइन कक्षालाई प्रभावकारीरुपमा सञ्चालन गर्दै आएका छन् ।
यसैबीच सरकारी विद्यालय धरान-१२ स्थित पब्लिक हाइस्कुलले पनि अनलाइन कक्षालाई प्रभावकारी बनाउँदै लगेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । उनले भदौ १ गतेदेखि कक्षा-११ र १२ को पठनपाठन थाल्ने जानकारी दिए । ‘नर्सरीदेखि १० कक्षासम्म असार २३ गतेदेखि नै कक्षा सञ्चालन भइरहेको छ’, उनले भने, ‘कक्षा-११ र १२ को पनि अनलाइनबाटै भदौ १ गतेदेखि पठनपाठन थाल्ने तयारी गरेका छौं ।’
सफ्वेयरबाट अनलाइन कक्षा सञ्चालन गर्ने गरी तयारी थालिएको उनले जानकारी दिए । ‘अहिलेसम्म उपस्थिति जनाइसकेका विद्यार्थीका लागि आइडी, पासवर्ड दिइसकेका छौं, अब आउनेलाई पनि साउन ३१ गतेसम्म आइडी र पासवर्ड दिइसक्छौं’, उनले भने, ‘त्यसपछि भदौदेखि लगातार कक्षा सञ्चालन गर्नेगरी तयारी थालेका छौं ।’
उनले कक्षा–११ का विद्यार्थीलाई अनिवार्य विषयका पुस्तक भोलिसम्ममा निःशुल्क वितरण गर्ने र कक्षा-१२ को सफ्टकपी आइपुगेको र ३-४ दिनमा वितरण गरिसक्ने लक्ष्यका साथ आफूहरु अघि बढेको प्लस टु कोअर्डिनेटर वीरेन्द्रबहादुर शाहले जानकारी दिए ।
नेपाल सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई सियुजी सिम दिइसकेको छ । जुनमा विद्यार्थी, शिक्षकले जति पनि कुराकानी गर्न सक्छन् । विद्यार्थीका लागि ‘क्लोज युजर ग्रुप’ प्रदान गरिसकेको र तीन महिनाको रिचार्ज गरिदिएको विद्यालयले जनाएको छ । उनले अनलाइन कक्षाका लागि ८ जिबीको डाटा सरकारले दिएपछि अनलाइन कक्षा प्रभावकारी हुँदै गएको बताए ।
सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको पब्लिक हाइस्कुलमा यस वर्ष पनि कक्षा–११ मा भर्ना हुने विद्यार्थी बढेको उनले जानकारी दिए । ‘त्यसैले यस वर्ष पनि अहिले सबैलाई कोटा छ, कोठा छैन भन्नुपरेको अवस्था आइसकेको छ’, उनले भने, ‘सरकारी स्कुलमा के को कोटा भन्दै अभिभावक गुनासो पोख्छन्, हुन पनि हो तर कोठा नभएपछि कोटा छ, कोठा छैन भन्नुपरिरहेको छ ।’
पहिला सामुदायिक विद्यालय भनेपछि कमजोर विद्यार्थी मात्रै पढ्ने, गरिबका छोराछोरी मात्रै पढ्ने सोच्ने धारणा रहेको बताउँदै प्रधानाध्यापक झाले अहिले त्यो धारणा परिवर्तन भएको बताए । ‘अझ भन्ने हो भने समुदायले त पत्याउँदैन थिए नै स्कुलकै शिक्षकले समेत सरकारी स्कुल पढाउन भनेपछि विश्वास गर्दैनथे यहाँ पढाउने शिक्षकका छोराछोरी पनि निजी विद्यालय पुगेकै हुन्थे तर अहिले शिक्षककै छोराछोरी पनि यहाँ पढिरहेका छन् ।’ उनले भने ।
यसपटक विज्ञान सङ्कायको मात्रै कुरा गर्ने हो भने कोटा पूरा हुन लागेको उनले जानकारी दिए । निजी पढ्ने टपर विद्यार्थी पनि यहाँ विज्ञान सङ्काय पढ्न आइपुगेको उनले जानकारी दिए ।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नमूना विद्यालय विकासका लागि विद्यालय छनौटमा धरानको पब्लिक हाइस्कुल पनि परेको थियो । कक्षा नर्सरीदेखि कक्षा-१२ सम्म अंग्रेजी माध्यम साथै कक्षा ७ देखि कक्षा–१२ नेपाली माध्यममा पनि पठनपाठन हुन थालेपछि विद्यार्थी बढेका हुन् ।विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दैै विद्यालयले तीनवटा बस सेवा समेत सञ्चालन गरेको छ । यहाँ विज्ञान, म्यानेजमेण्ट, व्यवस्थापन, शिक्षा, इलेक्ट्रिकल इञ्जिनियरलगायतको पढाइ हुने गरेको छ । २०६३ सालबाट प्लस टुको पढाइ शुरु भएको पब्लिकमा सरकारी कोटामा कक्षा–९ देखि नै इलेक्ट्रीकल इञ्जिनिरिङको अध्ययन अध्यापन हुन्छ ।

प्रकाशित मिति: साउन ३० २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend