सुनसरीः सुनसरीमा एक किशोरी बलात्कृत भएकी छिन् ।
सुनसरीको हरिनगरा गाउँपालिकामा किशोरी बलात्कृत भएकी हुन् । घरभित्रकै कोठामा सुतिरहेको अवस्था २२ वर्षीय शमशेर अन्सारीले बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । ‘पीडितपक्षको उजुरीका आधारमा जबरजस्ती करणीका आरोपित अन्सारीलाई पक्राउ गरिसकेका छौं, थप अनुसन्धान भइरहेको छ’, उनले भने, ‘थप अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप गरिसकेका छौं ।’ उनीमाथि ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।