उदयपुरः उदयपुरमा चिप्लेकिरा खाँदा अड्किएर एकजनाको ज्यान गएको छ ।
बेलका-९ कमलाबारीका स्थानीय ६१ वर्षीय गणेशबहादुर सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । गणेशबहादुरले खोलाबाट ल्याएको चिप्लेकिरा खान खोज्दा घाँटीमा अड्किएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलकाका इञ्चार्ज सई तेज दाहालले पोष्टमार्टम रिपोर्टपछि के कारणले ज्यान गएको हो भन्न सकिने बताए ।