बिर्तामोडः झापा बाह्रदर्शी गाउँपालिका ७ सिमल चौकस्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडि सवार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कन्काइमाइ नगरपालिका ८ डेरा गरी बस्ने ३२ वर्षीया सरस्वती मगर रहेकी छन् ।
आइतबार राति साढे १० बजे उत्तर जाँदै गरेको प्रदेश–१ –०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाउँपालिका ७ की २८ वर्षीया प्रमिता कार्की र पछाडि सवार सरस्वती घाइते भई उपचारको लागि बिएण्डसी अस्पतालमा पुरयाउन साथ सरस्वतीको मृत्यु भएको छ भने कार्कीको उपचार भइरहेको छ ।
दुर्घटना गराउने कार र चालक इलाम जोगमाइ–२ का २४ वर्षीय जंगबहादुर बस्नेत इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ ।