सुनसरीः इटहरी–१७ लविपुरस्थित अंकित बडी ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाउँपालिका ४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० वर्षीय रामकुमार लिम्बू रहेका छन् । आइतबार बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लिम्बूको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।