Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको कोशी गाउँपालिकामा सिटी सफारी पल्टिँदा मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १ २०७८, मंगलबार
सुनसरीको कोशी गाउँपालिकामा सिटी सफारी पल्टिँदा मृत्यु

सुनसरीः सुनसरीको कोशी गाउँपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउँदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सवार एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
सोमबार बेलुका ५ बजे भएको दुर्घटनाबाट सोही स्थानका ७४ वर्षीय फरेवी यादव र बराहक्षेत्र–११ कि २३ वर्षीय सविना माझी घाइते भएका थिए ।
घाइतेमध्ये यादवको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राति पौने १२ बजे मृत्यु भएको थियो भने माझीको घोपा धरानमा उपचार भइरहेको छ । सिटी र चालक कोशी गाउँपालिका २ का २० वर्षीय रञ्जीत यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति: भाद्र १ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend