Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दिनहुँजसो लागूऔषधसहित समातिँदै युवायुवती

हाम्रो कोशी आवाज
भाद्र २ २०७८, बुधबार
दिनहुँजसो लागूऔषधसहित समातिँदै युवायुवती

बिर्तामोडः झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरिएको छ ।
बिर्तामोड–५ जात्रुबारीस्थितबाट इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउनसुगर ३ ग्राम ३० मिलिग्रामसहित पक्राउ गरेको हो ।
त्यस्तै, मङ्गलबार बेलुका ५ बजे बिर्तामोड १ चारपानेस्थितबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–१ कि वर्षीया देवी तामाङ र बिर्तामोड ५ कि २१ वर्षीया सीता खतिवडालाई लागूऔषध ब्राउनसुगर ४ ग्राम ४५ मिलीग्रामसहित पक्राउ गरिएको छ । पक्राउ परेका चारैजनाउपर इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।
यस्तै, बिर्तामोड नगरपालिका ५ नयाँ बसपार्क मिलनचौकस्थितबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका ५ का २३ को सुमन तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर २० ग्राम र उनीहरुले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ । अहिले ब्राउनसुगरलगायतका अन्य लागूऔषधसहित दिनहुँजसो युवायुवती पक्राउ पर्न थालेका छन् । खुल्ला सीमाना आदि कारणले पनि यसको कारोबार बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend