Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किशोरीलाई होटलमा लगेर जबर्जस्ती गर्ने बराहक्षेत्रका युवा समातिए

हाम्रो कोशी आवाज
भाद्र ३ २०७८, बिहिबार
किशोरीलाई होटलमा लगेर जबर्जस्ती गर्ने बराहक्षेत्रका युवा समातिए

धरानः होटलमा लगेर किशोरीलाई जबर्जस्ती गर्ने युवा पक्राउ परेका छन् ।
सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ६ बस्ने वर्ष २८ को राजकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनी १६ वर्षीया बालिकालाई करणी गरी फरार रहेको प्रहरीले जनाएको छ । इटहरी–६ स्थित सिद्धार्थ होटल एण्ड लजमा लगेर प्रलोभनमा पारी जवरजस्ती करणी गरी उनी फरार रहेको र खोजतलास गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवलाई मोरङ प्रहरीको सहयोगमा विराटनगर–५ स्थित त्रिमूर्ति चोकबाट पक्राउ गरी जवरजस्ती करणी मुद्दाको अनुसन्धानको लागि हिरासतमा राख्न सुनसरी जिल्ला अदालतबाट दिन ७ को म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend