धरानः धरान–१६ अन्नपूर्ण चोकस्थित युएन, नवोदय कलेजले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण भएका विद्यार्थीहरुको लागि कक्षा–११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा लिएको छ ।
कोभिड–१९ सङ्क्रमणको खतरा यथावत नै रहेकाले आधारभूत स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर प्रवेश परीक्षा लिइएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले जानकारी दिए । ‘हामीले विद्यार्थीहरुको प्रवेश परीक्षा मास्क, सेनिटाइजर लगाएर भौतिक दुरी कायम गरी पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरेर लियौं ।’ उनले भने ।
भौतिकरुपमा उपस्थित भएर २ सय ५० जना र अनलाइनबाट १ सय १० गरी ३ सय ६० जना विद्यार्थीले प्रवेश परीक्षा दिएको कलेजले जनाएको छ । गत सालको भन्दा यो साल उत्साहजनकरुपमा विद्यार्थीको उपस्थिति रहेको क्याम्पस प्रमुख तुम्वापोले जानकारी दिए । ‘बढीजसो होटल म्यानेजमेण्ट र साइन्समा विद्यार्थीको चार्म देखियो’, उनले भने, ‘विशेषतः युएन, नवोदय कलेज होटल म्यानेजमेण्टमा ब्राण्ड नै हो भन्ने यसले प्रमाणित गरेको छ ।’
कलेजले यसै शैक्षिक सत्रबाट साइन्स, कम्प्युटर साइन्स र फुड एन्ड न्युट्रीसन गरी तीन वटा नयाँ विषयहरु थप गरेको छ । एक दशक अगाडि स्थापना भएको कलेजले आफ्नो छोटो शैक्षिक यात्रामा म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा प्रदेश १ टप नतिजा ल्याई छुट्टै पहिचान बनाउन सफल भएको छ ।
प्रदेश नम्बर १ का विभिन्न जिल्लाका एसईई टपरहरुको रोजाइमा पर्दै आएको युएन, नवोदय कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ ।
मिस पूर्वाञ्चल, मिस धरान जस्ता विभिन्न इभेन्टमा भाग लिई उत्कृष्ट हुन सफल विद्यार्थीहरु समेत यसै कलेजमा अध्ययनरत रहेको क्याम्पस प्रमुख तुम्बापो बताउँछन् ।
‘हामीले गुणस्तरीय शिक्षा त प्रदान गरेका छौ नै, विद्यार्थीहरुको समग्र विकासका लागि अन्य अतिरिक्त क्रियाकलापमा पनि हौसला प्रदान गर्दै विशेष जोड दिन्छौं, त्यसैले विद्यार्थीहरुको रोजाईमा युएन, नवोदय कलेज पर्दछ ।’
यसै शैक्षिक शत्रबाट साइन्स भित्रयाएकोले म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा जस्तै साइन्समा पनि प्रदेश १ कै ब्रान्ड कलेज बनाउन लागि पर्ने क्याम्पस प्रमुख तुम्बापो बताउँछन् । ‘हामी यो पटक सीमित विद्यार्थी लिन्छौ तर वेष्ट रिजल्ट दिन्छौं’, उनले भने, ‘कलेजले साइन्स पढ्ने विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने मात्र नभएर सन्दुक रुइत, महावीर पुनजस्ता वैज्ञानिक बन्न पुरै उत्प्रेरित गर्ने उनको भनाइ छ । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका इन्जिनियर टिममा भएकाले र सुविधासम्पन्न साइन्स ल्याब भएकाले साइन्समा पनि कलेज उत्कृष्ट हुने उनको दावी छ ।







