Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-११ का ‘लक्ष्मण सर’ को दुःखद् अन्त्य !

हाम्रो कोशी आवाज
भाद्र ४ २०७८, शुक्रबार
धरान-११ का ‘लक्ष्मण सर’ को दुःखद् अन्त्य !

धरानः भदौ १ गतेदेखि हराएका धरान-११ सुनौलो मार्गका लक्ष्मण अधिकारीको शव कोशी नदीमा फेला परेको छ ।
भतिज दीपेश अधिकारीका अनुसार उनको शव आज (शुक्रबार) सुनसरीको बराहक्षेत्र-९ महेन्द्रनगरस्थित राजाबास भन्ने ठाउँमा फेला परेको छ । धरान-१७ पटनालीस्थित ज्वालामुखी माविका अङ्ग्रेजी शिक्षक अधिकारी भदौ १ गते बिहान ६ः३० बजे धरान-११ स्थित घरबाट निस्किएका थिए । उनका अनुसार बराहक्षेत्र-८ शुक्रबारेस्थित कोशी नदीको किनारमा उनी चढेको बाइक र उनको झोलासहितको अन्य सामग्री र चप्पल फेला परेको तर उनी भने फेला परेका थिएनन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले माछा मार्ने क्रममा एक एक व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले निकालेको शव अधिकारीको भएको खुलेको थियो र आफन्त डाकिएको उनले जानकारी दिए । शव तैरिएको अवस्थामा फेला परेको थियो ।
कोशी बाँधमा सामान फेला परेपछि शिक्षक अधिकारीले कोशीमा हाम्फालेर आत्महत्या गरेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्यहाँ एउटा डायरीमा सुसाइड नोट पनि फेला परेको थियो । सुसाइट नोटमा अलविदा साथै श्रीमती, छोराछोरीलाई राम्रो गरिदिनू, कृति (गीत, कवितालगायत) जोगाइदिनू भनेर लेखिएको भेटिएको आफन्तले बताएका छन् । आफन्तका अनुसार उनी गीतकार, सङ्गीतकार र गायक रहेका थिए । उनी गीतका साथै कविता पनि लेख्दथे । उनी धरानस्थित धरान सङ्गीत प्रतिष्ठानमा पनि उनी आवद्ध रहेको गायक भक्तिराज राईले जानकारी दिए ।
आफन्तका अनुसार यसअघि पनि खोजी प्रयास भइरहेको थियो तर कोशीमा पानी धमिलो भएको कारणले देखिएको थिएन । छिमेकी मनिष भट्टराईले उनले व्यवहारिक समस्याका कारण कोशीमा हाम फालेको हुनसक्ने आफूहरुले बुझेको बताए ।
मृतकको शवलाई मुचुल्का गरेर पोष्टमार्टमको लागि धरानस्थित बीपी प्रतिष्ठान ल्याइएको र पोष्टमार्टम भइसकेको आफन्तले जानकारी दिएका छन् ।
उनले यसअघि धरान-११ स्थित ज्ञानोदय माविमा पनि पढाएका थिए । मृतक अधिकारीको श्रीमती, एउटा छोरा र छोरी रहेका छन् ।

प्रकाशित मिति: भाद्र ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend