Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिचौलिया बनेर सर्वसाधारणलाई दुःख दिने दुईजना समातिए

हाम्रो कोशी आवाज
भाद्र ५ २०७८, शनिबार
बिचौलिया बनेर सर्वसाधारणलाई दुःख दिने दुईजना समातिए

विराटनगरः मोरङको विराटनगरमा विचौलियाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख दिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोल १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्दकुमार साह रहेका छन् ।
उनीहरुले विराटनगर महानगरपालिकाअन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका बिरामी तथा बिरामीका आफन्तहरूलाई भेटी ‘यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन’ भन्ने जस्ता अफवाह फैलाइ बिरामी तथा आफन्तहरूलाई झुक्याइ आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न बाध्य गराउने विचौलियाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख दिने गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले भदौ ३ गते पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ । यस्तो किसिमको ब्यवहारबाट अन्य कोही पनि पीडित हुनु भएको छ वा हुन गइरहेको प्रहरीलाई खबर गर्नु हुन समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति: भाद्र ५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend