Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान र बराहक्षेत्रबाट ब्राउनसुगरसहित ६ जना समातिए

हाम्रो कोशी आवाज
भाद्र ७ २०७८, सोमबार
धरान र बराहक्षेत्रबाट ब्राउनसुगरसहित ६ जना समातिए

धरानः सुनसरीको धरान र बराहक्षेत्रबाट ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।
धरान–१० स्थित रहेको ड्रिमल्याण्ड होटलबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सप्तरी राजविराज नगरपालिका ११ का ३० वर्षीय वर्मदेव चौधरी र धरान–३ का २४ वर्षीय मो. नुरदिनलाई ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुको ड्रिमल्याण्डमा कुकको काम गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
यस्तै, आइतबार बेलुका ७ बजे बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थितबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान ६ का पुरुषोतम मेहता, २९ वर्षीय विशाल बस्नेत, सोही स्थान ९ का २८ वर्षीय पाथे चन्द्रवंशी, र २८ वर्षीय जयन्त माईला रहेका छन् ।
प्र १–०२–०४४प ४५५६ र प्र१–०२–०४२ प ४२२९ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई शंका लागी चेक जाँच गर्ने क्रममा मेहताको साथबाट ब्राउन सुगर ७ ग्राम ४३० मिलिग्राम फेला परेकोले दुवै मोटरसाइकल र चारै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: भाद्र ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend