Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवाले चलाएको मोटरसाइकलले वृद्धलाई ठक्कर

हाम्रो कोशी आवाज
भाद्र ७ २०७८, सोमबार
युवाले चलाएको मोटरसाइकलले वृद्धलाई ठक्कर

उदयपुरः उदयपुर बेलका नगरपालिका ५ गलेनीस्थितमा पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ८० वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् । आइतबार बेलुका ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते भएका श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बेलुका साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका ३ झुम्काका २४ वर्षीय रोयलकुमार चौधरी र पछाडि सवार सोही स्थानका २४ वर्षीय सुरजकुमार चौधरी समेत सामान्य घाइते भएका छन् । स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति: भाद्र ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend