Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरभित्र पति-पत्नी र छोरी मृत फेला

हाम्रो कोशी आवाज
भाद्र ७ २०७८, सोमबार
घरभित्र पति-पत्नी र छोरी मृत फेला

बिर्तामोडः झापाको कनकाइ नगरपालिका १ सिर्जना टोलमा एकै परिवारका तीनजनाको शव फेला परेको छ ।
आफ्नै घरभित्र झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापा झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार स्थानीय ३४ वर्षीय रवीन विश्वकर्मा, उनकी पत्नी २९ वर्षीया मुना र उनीहरुकी आठ महिनाकी छोरीको शव घरभित्रै फेला परेको हो ।
‘उनीहरुको शव झुण्डिएको अवस्थामा फेला परेको छ,’ उनले भने । भने, ‘छोरीको हत्यापछि पतिपत्नीले आत्महत्या गरेको जस्तो देखिन्छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’
स्थानीयले खबर गरेपछि सोमबार बिहान प्रहरीको टोली घटनास्थलमा पुगेको छ । युवाहरुलाई रोजगारीको लागि विदेश पठाउने एजेन्टको रुपमा कार्यरत रविनलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
‘कोरोना संक्रमण भएपछि उनी तनाबमा रहेछन्, धेरैलाई उनले लाखौँ रकम तिर्नुपर्ने पनि देखिन्छ,’ छिमेकीको भनाई उद्धृत गर्दै प्रहरी स्रोत भन्छ, ‘सोही तनाबको कारण पति–पत्नीले सल्लाहमै आत्महत्या गरेको जस्तो देखिन्छ । हामी थप बुझ्दै छौं ।’

प्रकाशित मिति: भाद्र ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend