Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तरहरामा सवारीको ठक्करले मृत्यु

हाम्रो कोशी आवाज
भाद्र ७ २०७८, सोमबार
तरहरामा सवारीको ठक्करले मृत्यु

तरहराः सुनसरीको तरहरामा एक सवारी साधनको ठक्करले युवाको मृत्यु भएको छ ।
कोशी राजमार्गस्थित इटहरी-२० पानीपियानजिकै फोहोर बोक्ने सवारी साधनको ठक्करले मोटरसाइकलमा सवारी युवाको ज्यान गएको हो । फोहोर बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार विराटनगर-१४ का २० वर्षीय सफल राजवंशीको निधन भएको हो । उनको उपचारको क्रममा निधन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा उनको निधन भएको उनले जानकारी दिए ।
सोमबार १२ः१० बजेको समयमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करका कारण मोटरसाइकल जलेको छ । मोटरसाइकल जलेका कारण मोटरसाइकलको नम्बर नखुलेको उनले जानकारी दिए ।


घाइते बनेका विराटनगर-१८ वर्षीय अविनाश राजवंशी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याङ्न्करका चालक इटहरी-४ का २८ वर्षीय थुलमान राई प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend