Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा फेरि थपियो निषेधाज्ञा

हाम्रो कोशी आवाज
भाद्र ७ २०७८, सोमबार
सुनसरीमा फेरि थपियो निषेधाज्ञा

धरानः धरानलगायत सुनसरीमा निषेधाज्ञा लम्ब्याइएको छ ।
जिल्ला प्रशासन कार्यालयकाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भदौ १४ गतेसम्म निषेधाज्ञा थपिएको जानकारी दिए । डिसिसीएमसीको बैठकले सो निर्णय गरेको उनले जानकारी दिए ।
वैशाख दोस्रो हप्तादेखि जारी निषेधाज्ञा अझै जारी छ । भदौ ७ गतेसम्म थपिएको निषेधाज्ञाको समय सोमबार राति १२ बजेदेखि सकिँदैछ । भदौ ८ गतेदेखि फेरि १४ गतेसम्म निषेधाज्ञा थपिएको हो ।
निषेधाज्ञालाई हाल भइरहेको व्यवस्थालाई नै निरन्तरता दिइएको जनाइएको छ ।
संक्रमण अझ बढ्न गएमा आदेशमा भएका व्यवस्थाहरु कुनैपनि बेला पुनरावलोकन हुनसक्ने सूचनामा जनाइएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल भन्छन्, ‘सुनसरीका कुनैपनि स्थानीय तहमा सङ्क्रमण बढेको जानकारी पाइए यो आदेश परिवर्तन हुनसक्छ ।
उता भूमि सुधार तथा मालपोत कार्यालय सुनसरीका प्रमुखलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि एक साताका लागि कार्यालय बन्द गरिएको जनाइएको छ ।
भदौ १४ गतेसम्म सो कार्यालयबाट प्रदान गरिने सेवा भदौ १४ गतेसम्मका लागि बन्द गरिएको जनाइएको छ । सोमबार सूचना प्रकाशित गरी कार्यालय प्रमुखको पिसिआर रिपोर्ट पोजेटिभ आएको तथा अन्य कर्मचारीमा समेत कोरोनाको मिल्दाजुल्दा लक्षण देखिएको भन्दै कार्यालयको आन्तरिक प्रशासनिक र भूमि सुधार फाँटबाहेकका अन्य सेवा एक साताका लागि बन्द गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति: भाद्र ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend