सुनसरीः सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–८ शुक्रबारेबाट एकजना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी–३ का २५ वर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् ।
गत ६ गते ब्राउन सुगरसहित पक्राउ परेका मानिसहरुले दिएको सूचनाको आधारमा यादवलाई ब्राउन सुगर ५२ ग्राम र उनले प्रयोग गरेको बिआर ५० को ३८६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका यादव सोधपुछ गर्दा यसअघि नै पक्राउ परेका पुरुषोतम मेहताको घरमा थप ब्राउन सुगर लुकाइराखेको छ भनी खुलाइ दिएपश्चात प्रहरी गई मेहताको घरमा खानतलासी लिँदा थप १७ ग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।