पाँचथरः पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउका ६५ वर्षीय पदमबहादुर राईको लडेर मृत्यु भएको छ ।
सोमबार बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटेस्थितमा रहेको भीरबाट अन्दाजी १०० मिटर तल झरी मृत अवस्थामा उनकै छोराले फेला पारेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।