धरान: प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भिम आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नासाथ सपथ ग्रहण गराएका छन् ।
विहीबार विहान शेरधन राईले एमाले संसदीय दलको नेताबाट राजीनामा गर्दै आचार्यलाई प्रस्ताव गरेका थिए। लगत्तै मुख्यमन्त्री पदबाट राजीनामा गरेका राईले मुख्यमन्त्रीमा आचार्यलाई नियुक्तिका लागि बाटो खुलाएका थिए ।
एमाले एकता हुनासाथ आचार्यले मुख्यमन्त्रीको जिम्मेवारी पाएका हुन्। प्रदेशमा एमाले एकता जोगाउनका लागि पनि मुख्यमन्त्री परिवर्तन गरिएको हो