Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

हाम्रो कोशी आवाज
भाद्र १२ २०७८, शनिबार
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

भोजपुरः भोजपुर षडानन्द नगरपालिका –९ तालखर्क का ४० वर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफूले पनि झुन्डिएर आत्महत्या गरेका छन् ।
शनिबार बिहानको राति साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागेर झुण्डिएको अबस्थामा फेला परेका थिए ।
घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाउनासाथ स्थानीयबासी गई हेर्दा इन्द्रकलाको मृत्यु भइसकेको र उनलाई खोजतलास गर्दा झुन्डिएको अवस्थामा फेला परेपश्चात प्रहरी जानकारी गराएका हुन् । घटनास्थालमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभज्याङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए। दुवैको शव पोस्टमार्ट गर्न अस्पताल लगिएको छ।

प्रकाशित मिति: भाद्र १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend