बिर्तामोडः झापाको कमल गाउँपालिका ४ चुलाचुलिमोडस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका ६ का ५० वर्षीय हेमसागर थापा रहेका छन् । शुक्रबार दिउँसो पश्चिमतर्फ जाँदै गरेको को१ख ६७६२ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको मे३प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा थापाको मृत्यु भएको हो ।
बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका ७ का ४२ वर्षीय सम्पतलाल धिमाल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।