Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते शिक्षिकाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १२ २०७८, शनिबार
घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते शिक्षिकाको मृत्यु

खोटाङः खोटाङमा भीरबाट लडेर शिक्षिकाको मृत्यु भएको छ । शुक्रबार खसीलाई घाँस काट्न गएको बेला हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित दियाले जनचेतना प्राविमा कार्यरत ४१ वर्षीय पार्वती राईको मृत्यु भएको हो । आफ्नो नन्दसँगै घाँस काट्न गएकोबेला घर नजिकैको खुरी खोलामा लडेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा बाटैमा मृत्यु भएको धितुङका वडासदस्य खेमराज कार्कीले जानकारी दिए ।
करिब ३० मिटरमाथिबाट खसेकी राईको ढुंगामा बजारिएर टाउको पछाडि गहिरो चोट लागेको र हात भाँचिएको अवस्थामा उद्धार गरेर उपचारका लागि अटोमा राखेर हलेसीतर्फ हिँडाइएको थियो ।
उनको शवलाई महादेवस्थानस्थित हलेसी सिद्धबाबा पोलिक्लिनिकमा राखिएको छ । ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक विदामा भएका कारण जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुग्ने प्रहरीले मुचुल्का तयार पारेपछि अन्य प्रक्रिया अघि बढाउने तयारी गरिएको वडासदस्य कार्कीले बताए । मृतकका श्रीमान भने विदेशमा छन् ।

प्रकाशित मिति: भाद्र १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend