विराटनगरः लागूऔषध मुद्दाका फरार प्रतिवादी गाँजासहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ५ का ६१ वर्षीय राजनारायण भन्ने लवनारायण माझी रहेका छन् ।
गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागूऔषध गाँजा ४ केजी ३०० ग्राम र नगद रु. ५० हजारसहित पक्राउ गरेको हो ।
माझी मोरङ जिल्ला अदालतको मिति २०७५ पुस ५ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ५ दिन कैद र जरिवाना रु. ३ हजार ठहर भएका फरार प्रतिवादी हुन् । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसुरमा म्याद थप लिई अनुसन्धान अगाडि बढाएको छ ।