ताप्लेजुङः मोटरसाइकल चोरी कसुरमा ताप्लेजुङका एक युवक परेका छन् । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका-५ पापुङ बस्ने पासाङ तेम्वा शेर्पा रहेका छन् ।
फुङ्लिङ नगरपालिका-४ शान्ति टोल बस्ने लक्ष्मी पौडेलको मे९प ८२१० को पल्सर मोटरसाइकल गत २८ चैतमा चोरी भएको थियो । उनले त्यसको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा निवेदन दिएकी थिइन् ।
शेर्पा शुक्रबार मोटरसाइकलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए ।
मोटरसाइकल मेरिङदेन गाउँपालिका-६ नाल्वो लुकाई राखेको अवस्थामा फेला परेको हो ।