Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘स्ट्रिट फुड’ सञ्चालन गर्ने ६५ व्यवसायीलाई खाद्य सचेतना

हाम्रो कोशी आवाज
भाद्र १२ २०७८, शनिबार
धरानमा ‘स्ट्रिट फुड’ सञ्चालन गर्ने ६५ व्यवसायीलाई खाद्य सचेतना

धरानः धरानमा सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थ (स्ट्रिट फुड) सञ्चालन गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छता गर्ने उद्देश्यले दुईदिने अभिवृद्धि कार्यक्रम गरिएको छ ।
खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीको आयोजना तथा धरान उपमहानगरपालिकाको सहआयोजनामा उद्योग वाणिज्य संघको सभाहलमा खाद्य स्वच्छता गर्ने उद्देश्यले भदौ ११ र १२ गते दुईदिन अभिवृद्धि कार्यक्रम गरिएको हो ।
अभिवृद्धि कार्यक्रममा धरानका स्ट्रिट फुड सञ्चालन गर्ने ६५ जना व्यवसायीहरुले सहभागिता जनाएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार विज्ञ, खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्राविधिक र खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुखले दुईदिन सहजीकरण गरेको अधिकृत सापकोटाले बताए ।
शनिबार समापन भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले कार्यक्रममा सहभागी भएका व्यापारीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । मेयर राईले समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने गरी स्वच्छ खाद्यवस्तु विक्री वितरण गर्न आग्रह गरे । स्ट्रिट फुड मात्र नभई खाद्य सामग्री बिक्री वितरण गर्ने जोकोही व्यवसायीले विशेष गरेर सरसफाइमा ध्यान दिनुपर्ने मेयर राईको भनाई थियो ।
मेयर राईले सडक छेउछाऊ व्यवसाय सञ्चालन गर्दा नगरपालिकामा अनिवार्य दर्ता गर्न पनि आग्रह गरे । कुनैपनि बेला धरान उपमहानगरपालिकाले छड्के अनुगमन गर्न सक्ने बताउँदै मेयर राईले यदि छड्के अनुगमनको क्रममा खाद्यवस्तुमा स्वच्छता नपाएको, सरसफाइमा ध्यान नदिएको व्यवसायीलाई कारवाही गरिने पनि बताए ।
यस्तै, उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख तथा सूचना अधिकृत खगेन्द्र खतिवडाले व्यवसाय कसरी दर्ता गर्ने ? भन्ने बारेमा जानकारी समेत गराएका थिए । अनुगमन अधिकृत सापकोटाका अनुसार दुई दिनको अवधिमा खाद्य पदार्थमा के के सामाग्री मिसावट गर्ने ?, पकाउने पदार्थमा रङ्गको प्रयोग गर्नु हुँदैन, कुन कुन सामग्रीहरु प्रयोग गरेर बिक्री गर्ने ? ठेलाको आकार तथा प्रकार कस्तो हुनुपर्छ ? सरसफाई कसरी गर्ने ? लगायत विषयमा सचेतना गराइएको थियो ।

प्रकाशित मिति: भाद्र १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend