Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शिक्षक नियुक्त छैनन् तर तलब निकासा

हाम्रो कोशी आवाज
भाद्र १३ २०७८, आइतबार
शिक्षक नियुक्त छैनन् तर तलब निकासा

ताप्लेजुङः ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्त नै नभएका शिक्षकलाई तलब निकासा गरेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाले सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्त नगरी तलब निकासा गरेको हो ।
२०७६ असार माध्यमिक तह सञ्चालन अनुमति प्राप्त गरेपनि दरबन्दी स्वीकृत नभएको विद्यालयलाई गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकका लागि गाउँपालिकाले तलब बापतको रकम निकासा गरेको हो ।
ती विद्यालयमा सम्बन्धीत विषय शिक्षक नियुक्त नभएको तर, गाउँपालिकाले भने प्रति विद्यालय तीन लाख ६६ हजारका दरले सात लाख ३२ हजार रुपैयाँ रकम निकासा गरेको पाइएको छ ।
उक्त रकम असुलर गर्नुपर्ने पनि महालेखा प्रतिवेदनले औंल्याएको छ । नियुक्ति नपाएका शिक्षकका लागि रकम निकासा भएको विषयमा आफूलाई कुनै जानकारी नभएको आठराई त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख सीतादेवी लावतीले बताइन् ।

प्रकाशित मिति: भाद्र १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend