विराटनगरः मोरङको उर्लाबारी नगरपालिका १ स्थित झारासादीका २० वर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधि टा«माडोल–५७५ ट्याब्लेट र स्पास्पेन– ५७० ट्याब्लेट बरामद गरेपश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।