धरानः धरानका युवा लागूऔषधसहित विराटनगरमा पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषधसहित ती युवालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान–६ का २० वर्षीय निखिल राय रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाइजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुलसहित पक्राउ गरिएको हो । पक्राउ परेका रायलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।