Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इक्यान पूर्वाञ्चलको रजत जयन्तिमा धरान, इटहरी र विराटनगरमा सहयोग

हाम्रो कोशी आवाज
भाद्र १३ २०७८, आइतबार
इक्यान पूर्वाञ्चलको रजत जयन्तिमा धरान, इटहरी र विराटनगरमा सहयोग

धरानः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औ वार्षिक उत्सवको अवसरमा इक्यानको शाखा कार्यालय ‘इक्यान पूर्वाञ्चल’ ले विविध कार्यक्रम गरी रजत जयन्ति मनाएको छ ।
२५ औं वार्षिकोत्सवको अवसरमा विराटनगर, इटहरी र धरानका केही संस्थाहरुले सहयोग गरेका छन् । वार्षिकोत्सवका अवसरमा विराटनगर–१ स्थित सयपत्री परोपकार आधारभूत विद्यायालयमा आवश्यक बोर्ड तथा सिलिङ पङ्खा, इटहरी–४ स्थित हेल्पलेस चिल्ड्रेन वेल्फियर मिसनमा रहेका बालबालिकाहरुलाई खाद्यान्न हस्तान्तरण र धरान–३ स्थित भानुस्मृति माविमा आवश्यक वाल पङ्खाहरु हस्तान्तरण गरिएको थियो ।
इक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन शर्मा निरौलाको अध्यक्षतामा भएको कार्यक्रम विराटनगरबाट शुरु भएको कार्यक्रम इटहरी हुँदै धरानमा सम्पन्न भएको थियो । कार्यक्रम बृहतरुपमा मनाउने सोच हुँदाहुँदै कोरोना कहरका बीच कार्यक्रम सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै इक्यान पूर्वाञ्चलका पदाधिकारीहरु मात्र उपस्थित रहेर कार्यक्रम सम्पन्न गरिएको इक्यान पूर्वाञ्चलका उपाध्यक्ष प्रकाश लकन्द्रीले जानकारी दिए ।
आगामी दिनहरुमा पनि यसरी नै सामाजिक उत्तरदायित्व पूरा गर्न लागिपर्ने कोषाध्यक्ष दीपक गौतमले बताए ।

 

प्रकाशित मिति: भाद्र १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend