Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा कलेजमा ‘मिक्सोलोजी’ र ‘बार टेन्डर’ सम्बन्धी अभ्यास

हाम्रो कोशी आवाज
भाद्र १३ २०७८, आइतबार
धरान मेघा कलेजमा ‘मिक्सोलोजी’ र ‘बार टेन्डर’ सम्बन्धी अभ्यास

धरानः धरान-१२ स्थित धरान मेघा कलेज (हिमालयन प्लस टु) मा शनिबार मिक्सोलोजी र बारटेन्डर सम्बन्धी डेमो भएको छ । दुई वा दुई भन्दा बढी पेय पदार्थहरुको मिश्रण बनाउने तरिकालाई मिक्सोलोजी भनिन्छ ।
इन्टरनेसनल फ्लेयर बारटेन्डर एबम कक्टेल एन्ड फ्लेयर एकेडेमी काठमाण्डौका सिइओ गुरुप्रसाद दाहालले कक्टेल, मक्टेललगायत विभिन्न प्रकारका पेय पदार्थहरु तयार पार्ने आधारभूत तरिकाको बारेमा कलेजका होटल म्यानेजमेण्टका विद्यार्थीहरुलाई डेमोमार्फत् जानकारी गराएका थिए ।
अल्कोहल प्रयोग गरेर तयार गरिएको पेय पदार्थलाई कक्टेल भनिन्छ भने अल्कोहल प्रयोग नगरी तयार गरिएको पेय पदार्थलाई मक्टेल भनिन्छ । त्यस्तै, सिइओ दाहालले बारमा काम गर्ने दक्ष प्राविधिकहरु कस्तो हुनुपर्छ भनेर आकर्षक डेमो प्रस्तुत गरे । दाहालका अनुसार अन्तराष्ट्रियस्तरका सिटीबार, नाइट क्लब, लाउन्ज बार, पाँच तारे होटलहरुमा बारटेन्डरहरुले ग्राहकलाई मनोरन्जन दिँदै पेय पदार्थ तयार गर्दछन् ।
दाहाल भारतको गोआमा भएको ‘इन्डियन फ्लेयर बारटेन्डिङ च्यालेन्ज २०१९’ को सेकेण्ड रनर समेत भएका थिए ।
कोरोनाका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थीहरुलाई फुड एण्ड वेभरेज सर्भिस र बार टेन्डरको परिचय दिई अभ्यासमार्फत् मनोरञ्जन समेत प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको कलेजका होटल म्यानेजमेण्ट एचओडी पोषण श्रेष्ठले जानकारी दिए।कार्यक्रममा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, प्रिन्सिपल भास्कर पौडेल, सञ्चालकहरु प्रभाष राजवंशी, सागर खड्का, नवराज दाहाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: भाद्र १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend