Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डिजेल खन्याएर आत्मदाह

हाम्रो कोशी आवाज
भाद्र १५ २०७८, मंगलबार
डिजेल खन्याएर आत्मदाह

ओखलढुंगाः सिद्धिचरण नगरपालिका-७ कि एक महिलाले शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी छन् । ४० बर्षीया मिनाकुमारी श्रेष्ठले शरीरमा डिजेल खन्याएपछि आगो लगाएर आत्महत्या गरेकी हुन् ।
सोमबार बिहान घरदेखि करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ती महिलाले घरमा भएको प्रज्वलनशील पदार्थ डिजेल शरीरमा खन्याएपछि आगो लगाएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
महिलाले आत्महत्या गरेको ठाउँमा डिजेल प्रयोग गरिएका बोतल र सानो झोला फेला परेको छ । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ । ती महिला केही समयअघि कोरोना संक्रमित भएर निको भएकी थिइन् । उनका नाबालक दुई छोरी छन् ।

प्रकाशित मिति: भाद्र १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend