Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुई वर्षमा सात सय ७६ जनाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १६ २०७८, बुधबार
दुई वर्षमा सात सय ७६ जनाको मृत्यु

सुनसरीः प्रदेश १ मा दुई वर्षमा भएका चार हजारभन्दा बढी सवारी दुर्घटनामा सात सय ७६ जनाले ज्यान गुमाउनु परेको तथ्याङ्क छ ।
प्रदेश १ का १४ जिल्लाभित्र दुई वर्षको अवधिमा भएका चार हजार चार सय ५३ वटा सवारी दुर्घटनामा सात सय ७६ जनाले ज्यान गुमाएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७६–७७ मा भएका एक हजार तीन सय २२ सवारी दुर्घटनामा तीन सय ३२ जनाको मृत्यु सात सय ९१ जना गम्भीर घाइते भएका थिए भने एक सय १७२ वटा मुद्दा दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७६–७७ को तुलनामा ०७७–७८मा दुर्घटना संख्या दुई गुणाभन्दा बढीले वृद्धि भएको छ । तीन हजार एक ३१ सवारी दुर्घटना हुँदा चार सय ४४ जनाको सवारी दुर्घटनामा परी मृत्युु भएको छ । त्यस्तै एक हजार ८३ जना गम्भीर घाइते भएका छन् भने तीन सय ४४ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
सवारी दुर्घटना बढ्नुमा चालकको लापरबाही, साँघुरो सडक, सवारी साधनको अत्याधिक चाप, बाटो काट्दा सर्वसाधरणको गल्ती जस्ता कारण औंल्याइएको छ । लामो समयदेखि सवारी चलाउँदै आएका निर्मल निरौला सवारीको चाप, तीब्र गतिका कारण आफ्नो सवारी जोगाएर सवारी चलाउनै गाह्रो परेको बताउँछन् ।
पानी परेको समयमा सडकमा परेका खाल्डाखुल्डीका कारण पनि सवारी दुर्घटना हुने गरेको उनको भनाइ छ । प्रदेश १ भरी १४ जिल्लामध्ये सबै भन्दा धेरै सुनसरी, मोरङ, र झापामा अत्याधिक दुुर्घटना हुुने गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, टेम्पु सबैभन्दा बढी दुर्घटना हुुने गरेको छ । मुख्य राजमार्गमा ट्राफिक प्रहरी बसेपनि भित्री बाटो तथा पहाडी इलाकामा दुर्घटना बढेको उनको भनाइ छ । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तीब्र गति मुख्य कारण भएको पत्ता लगाएर अहिले टायम कार्ड लागू गरिएको छ ।

प्रकाशित मिति: भाद्र १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend