विराटनगरः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको को१ख६५०३ नम्बरको टिपरले प्रदेश१–०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका–२ का ४१ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
दुर्घटनामा घाइते उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उनको त्यहाँ मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई मङ्गलबार साँझ टिपरले ठक्कर दिएको थियो । टिपर चालक प्रहरी नियन्त्रणमा छन् ।