विराटनगरः मोरङको कानेपोखरीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् ।
हतियार लुकाएर राखेको सूचनाका आधारमा ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको हो ।
उनको घरमा राखिएको पेस्तोलसहित उनी समातिएका हुन् ।
‘मेड इन युएसए’ लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । क्षेत्रीसँगै स्थानीय ३० वर्षीय पूर्णबहादुर बोहोरालाई समेत प्रहरीले पक्राउ गरेको छ । दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।