बिर्तामोडः झापाको अर्जुनधारा–४ मदनपुरस्थितबाट लागूऔषध खैरो हिरोइन ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ वर्षीय एविट बुढाथोकी, ३० वर्षीय सजीत समाल र अर्जुनधारा–३ का २६ वर्षीय सौगात खतिवडा रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ४९ हजार ५ सय रुपैयाँ समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनाउपर थप अनुसन्धान तथा लागूऔषध मुद्दामा कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।