Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सर्दुबगरमा एकबोरा बेवारिसे गाँजा

हाम्रो कोशी आवाज
भाद्र १६ २०७८, बुधबार
धरानको सर्दुबगरमा एकबोरा बेवारिसे गाँजा

धरानः इटहरीमा चेकजाँचको क्रममा १७ पोका गाँजा फेला परेको छ ।
इटहरी–१२ कोशी राजमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१–०२–०४३ प.८८०४ नं. को मोटरसाइकलमा गाँजा भेटेको प्रहरीले जनाएको छ ।
धनकुटा साँगुरीगढी गाउँपालिका–८ घर भई इटहरी-४ मा डेरा गरी बस्ने वर्ष २७ को दीपेन्द्र राई र मोटरसाइकलको पछाडि सिटमा सवार निजको श्रीमती वर्ष २५ की सर्मिला राईको बीचमा ह्याप्पी बर्थडे लेखिएको रंगीचंगी रयापिङ पेपरले बाहिरबाट बेरी राखेको अवस्थामा कार्टुन र मोटर साइकलको बायाँ लेगगार्डमा झुण्ड्याई बोकेको जेब्रा झोलाभित्र प्लाष्टिकमा प्याक गरेको ४ पोका र कार्टुनभित्र प्लाष्टिकमा प्याक गरेको १७ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
सो गाँजाको तौल २१ (एक्काइस) किलो रहेको प्रहरीले जनाएको छ । गाँजा ओसारपसारमा संलग्न अररिया जिल्ला जोगवनी थाना पिपरा पञ्चायत ०६ विसनपुर (विहार, भारत) बस्ने वर्ष ३० को टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगर-१५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनीहरुमाथि बुधबार सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ९ (नौ) दिन म्याद लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान-१७ नमूना सुन्दरबस्ती सर्दुखोलाको बगरमा अप्रपोष्ट रेल्वेबाट खटिएको गस्ती टोलीले वेबारिसे अवस्थामा रहेको १ बोरा गाँजा (अन्दाजी २० केजी) फेला पारेको र गाँजा इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend