Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १७ २०७८, बिहिबार
ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ओखलढुंगाः ओखलढुङगा मानेभन्याङ गाउँपालिका ५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० वर्षीया कर्ममाया मगर रहेकी छन् । बुधबार बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुरतर्फ जाँदै गरेको बा३६प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको थियो । मोटरसाईकल र चालक सोही स्थानका २१ बर्षीय रेवत बहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: भाद्र १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend