Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यौन दुर्व्यवहार गरेको अभियाेगमा डेढ वर्ष कैद सजाय

हाम्रो कोशी आवाज
भाद्र १७ २०७८, बिहिबार
यौन दुर्व्यवहार गरेको अभियाेगमा डेढ वर्ष कैद सजाय

संखुवासभा: जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ । संखुवासभाको पाँचखपन नगरपालिकामा १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाँचखपन नगरपालिका –१ का ३६ वर्षीय तिलक भन्ने आकाश राईलाई नगद क्षतिपूर्तिसहित एक वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
अदालतले आरोपित राईविरुद्ध एक वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ क्षतिपूर्तिसहित १६ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार डिल्ली प्रसाईले जानकारी दिए ।
पीडित पक्षको उजुरीका आधारमा राईलाई प्रहरीले २० फागुनमा पक्राउ गररेको थियो । राईले १९ फागुनमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले २० फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रकाशित मिति: भाद्र १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend