धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजको बिएचएममा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि प्रदेश १ ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ बनेका छन् ।
त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको नतिजा बिहीबार आएको हो । तेस्रो सेमेष्टरको फाइनलको नतिजामा तेस्रो सेमेष्टरकी प्रिजा डाँगीले धरान प्रथम तथा प्रदेश सेकेण्ड टप गर्न सफल भएको कलेजले जनाएको छ । प्रिजाले ३.८४ जिपिए प्राप्त गरेकी छिन् ।
त्यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो नतिजा ल्याएकी छिन् । जानुकाले ३.७३ जिपिए प्राप्त गर्न सफल बनेकी छिन् ।
त्रिभुवन विश्वविद्यालयले बिएचएमका लागि ३३ कोटा निर्धारण गरेको हुन्छ । ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । ‘अन्यको पनि नतिजा उत्कृष्ट छ’, उनले भने, ‘समग्र विद्यार्थी अनुपातमा धेरै विद्यार्थी पास हुनेमा पनि युएन, नवोदय कलेज नै पर्दै आएको छ, त्यसैले सबैको नतिजा उत्कृष्ट नै छ ।’
उनले प्लस टु होटल म्यानेजमेण्ट र बिएचएममा आफूहरु नै ‘लिडिङ’ मा रहेको दावी गरे । ‘प्लस टु होटल म्यानेजमेण्ट र अघिल्लो वर्षदेखि बिएचएमको नतिजा हेर्दा पनि हामी लिडिङमै छौं’, अध्यक्ष झाले भने, ‘जे होस् प्रदेश १ मा होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट र बिएचएममै नतिजा राम्रो रहनु अनुभवी अध्यापक, मिहिनेती विद्यार्थी, कोअपरेटिभ अभिभावक आदि कारण पनि हो ।’

झापास्थित पाँचतारे होटल मेची क्राउनको भ्रमणपछि बिएचएममा अध्ययरत विद्यार्थी । फाइल तस्वीरः हाम्रो कोशी आवाज
विद्यार्थीलाई नगदसहित सम्मान गरिने
कलेजले अघिल्लो वर्षदेखि प्रदेश टप, प्रदेश सेकेण्ड टप, प्रदेश थर्ड टप, धरान टपजस्ता विद्यार्थीलाई सम्मान गर्दै आएको र यस वर्षपनि सो कार्यक्रमलाई निरन्तरता दिइने क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
नगद, सम्मानपत्रले उनीहरुलाई सम्मान गर्ने उनले जानकारी दिए । प्रिजालाई नगद २० हजार रुपैयाँ, सम्मानपत्रले सम्मान गर्न लागिएको उनले जानकारी दिए । यस्तै, जानुकालाई नगद १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानको कार्यक्रम राखिने उनले जानकारी दिए ।
युएन कलेजले बिएचएम नेपाल टपलाई नगद ५० हजार पुरस्कार र सम्मानपत्र, प्रदेश टपरलाई नगद २५ हजार र सम्मानपत्र, प्रदेश १ सेकेण्ड टपरलाई नगद २० हजार र सम्मानपत्र, थर्ड टपरलाई नगद १५ हजार र सम्मानपत्रले सम्मान गर्ने कार्यक्रम राख्दै आएको उनको भनाइ छ । यस्तै, उनका अनुसार धरान टपरलाई नगद १५ हजारसहित सम्मानले सम्मान गर्ने कार्यक्रम गरिँदै आएको छ ।

झापास्थित पाँचतारे होटल मेची क्राउनको भ्रमणपछि बिएचएममा अध्ययरत विद्यार्थी । फाइल तस्वीरः हाम्रो कोशी आवाज
प्लस टु पढ्नेलाई ५० हजार छात्रवृत्ति
युएन नवोदयमै प्लस टु पढ्ने विद्यार्थीलाई बिएचएम अध्ययनमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति दिइने कलेजका अध्यक्ष झाले जानकारी दिए । युएन, नवोदयमा प्लस टु पढ्ने विदार्थीलाई बिएचएममा प्राथमिकता दिइने पनि उनले जानकारी दिए ।
‘त्रिभुवन विश्वविद्यालयले बिएचएमका लागि ३३ जनाको कोटा निर्धारण गरेको हुन्छ, यसमा नाम निकाल्न गाह्रो हुन्छ तर युएन, नवोदयकै प्लस टु पढ्ने छात्रछात्रालाई विशेष प्राथमिकता दिइनेछ, त्यसका लागि ५० हजार रुपैयाँको छात्रवृत्ति दिन्छौं ।’
अघिल्लो वर्ष प्रदेश १ मा प्रथम र तृतीय हुने तीनजनालाई छात्रालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बिएचएम प्रथम सेमेष्टरकी छात्रा रितु राई, दोस्रो सेमेष्टरकी छात्रा स्टेला मेन्याङ्बो र दोस्रो सेमेष्टरकी छात्रा दिला नेम्वाङ रहेका थिए । रितु र स्टेलाले प्रदेश प्रथम र दिलाले प्रदेश तृतीय बन्न सफल बनेका थिए । रितुले २०१९ मा ३.६९ जिपिए, स्टेलाले २०२० मा ३.६९ जिपिए र दिलाले २०२० मै ३.६२ जिपिए ल्याउन सफल बनेकी थिइन् । यो नतिजा प्रदेश १ मै प्रथम हो ।
उनीहरुमध्ये प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ, खादा, अविर र सम्मानपत्रले सम्मान गरिएको थियो । उनीहरुलाई अभिभावकको उपस्थितिमा कलेजमा कार्यक्रम नै आयोजना गरी सम्मान गरिएको थियो ।
‘यसअघि पनि होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट, बिबिएसमा पनि हामीले सफलता हासिल गर्दै आएका थियौं, देशभरबाट सेकेण्ड टपर साथै प्रदेश १ प्रथम समेत बन्दै हाम्रो सफलताको यात्रा अगाडि बढिरहेको छ’, क्याम्पस प्रमुख तुम्बापोले भने ‘अहिले हामी गौरवान्वित भएका छौं, बिएचएममा पनि प्रदेशमै टप गर्न सफल बनेका छौं’, उनले भने ।
कलेजमा यस वर्षदेखि विज्ञान सङ्कायलाई पनि ‘ब्राण्ड’ बनाउने ध्येयले आफूहरु लागिपरेको र अधिकांश स्कुलका स्कुल टपरहरु यो सङ्कायका लागि भर्ना भएको उनले जानकारी दिए ।

झापास्थित पाँचतारे होटल मेची क्राउनको भ्रमणपछि बिएचएममा अध्ययरत विद्यार्थी । फाइल तस्वीरः हाम्रो कोशी आवाज