Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा देशकै ठूलो भाटभटेनी सञ्चालनमा

हाम्रो कोशी आवाज
भाद्र १९ २०७८, शनिबार
इटहरीमा देशकै ठूलो भाटभटेनी सञ्चालनमा

धरानः भाटभटेनीले सुनसरीको इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले देशभर आफ्नो स्टोर विस्तार गर्ने क्रममा इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको हो । इटहरीमा सञ्चालनमा आएको यो स्टोर नेपालकै सबैभन्दा ठूलो भएको भाटभटेनीले जनाएको छ ।
इटहरी चोकभन्दा ४ किलोमिटर पश्चिममा पर्ने लबीपुरमा शनिबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै मालसामानमा १० प्रतिशत छुट दिएको सञ्चालक गुरुङले जानकारी दिए । तर इलेक्ट्रोनिक आइटममा भने २० प्रतिशतसम्मछुट दिइनेछ ।
इटहरीमा भाटभटेनीको भवन निर्माण २०७६ फागुनमा सुरु भएको थियो । यसलाई २०७७ माघसम्ममा सञ्चालनमा ल्याइसक्ने योजना थियो। तर कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रोजेक्ट ढिलो भएको गुरुङले बताए ।

इटहरीको भाटभटेनीका ए, बी र सी ब्लक नामकरण गरिएका ३ वटा छुट्टाछुट्टै भवन छन् । प्रत्येक ब्लकमा बेसमेन्टसहित ७ तला छन् । बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५ सय गाडी पार्किङ क्षमता छ । मनोरञ्जनका लागि भुइँतलामा ८ सय वर्गफिटका ३ वटा फाउन्टेनको निर्माण गरिएको छ ।
‘ए’ र ‘बी’ ब्लकमा भाटभटेनीकै सामान राखिएको छ । ‘सी’ ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट छन् । यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट निर्माणाधीन छ । त्यसभन्दा माथि वाणिज्य बैंकका एटीएमहरु राखिएको छ ।
शहरको ३५ कठ्ठा जमिनमा बनेको नयाँ स्टोरमा तीन अर्बको लगानी रहेको छ । २ लाख ७७ हजार वर्गफिटमा बनेको स्टोरमा २०४ सिट क्षमताको दुई वटा सिनेमा हल, दुई तले पार्किङसहित पाँच तला रहेको छ । स्टोरमा सपिङ मल, रेष्टुरेन्ट र बैंक समेत छन् ।

प्रकाशित मिति: भाद्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend