ओखलढुंगाः ओखलढुङगा सिद्धिचरण नगरपालिका ४ का २१ वर्षीय निखिल फुयाँल करेन्ट लागेर सोलारको पोलबाट लडेर मृत्यु भएको छ ।
शनिबार बिहान १० बजे मानेभन्ज्याङ गाऊपालिका ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागेर पोलबाट लडी घाइते भएका उनको उपचारको जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुरयाउन साथ मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसन्धान १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।