Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नगरपालिकाले गर्भवती र सुत्केरीलाई दिएको चनामा किरा

हाम्रो कोशी आवाज
भाद्र २० २०७८, आइतबार
नगरपालिकाले गर्भवती र सुत्केरीलाई दिएको चनामा किरा

उदयपुर: उदयपुरको कटारी नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई वितरण गरेको पोषणयुक्त चनामा किरा भेटिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत कटारी-८ मा वितरण गरिएको चनामा किरा भेटिएको हो ।
चनामा किरा भेटिएपछि उपमेयर भीमकुमारी राउतले विज्ञप्ति जारी गरेर चना नखान आग्रह गरेकी छन् । उक्त चना नगरपालिकाले फिर्ता लग्ने उनले बताइन् ।
कटारी-१२ मा बिहीबार र ८ मा शुक्रबार चना बाँडिएको थियो । १२ को विवरण भने नगरपालिकाले प्राप्त गरिसकेको छैन । चना गत वर्ष नै प्याकिङ गरिएको थियो ।

प्रकाशित मिति: भाद्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend