Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सवारीको ठक्करले ३३ वर्षीया महिलाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २० २०७८, आइतबार
सवारीको ठक्करले ३३ वर्षीया महिलाको मृत्यु

बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका ११ झिलझिलेस्थित पूर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसतासक्षी नगरपालिका ८ की ३३ वर्षीया सुनिमा राई लिम्बू रहेकी छन् । पश्चिमतर्फ जाँदै गरेको प्र२ –०३–००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भीर घाइते भएकी उनको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । ठक्कर दिने लहरी र चालक चितवन राप्ति नगरपालिका १ का ३१ वर्षीय प्रविन लामा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend