Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भालु खोलाले बगाउँदा बालिकाकाे मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २० २०७८, आइतबार
भालु खोलाले बगाउँदा बालिकाकाे मृत्यु

उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका– ७ स्थित भालु खोलामा आएको बाढीले अटोसहित बगाउँदा १३ वर्षीया बालिकाकाे मृत्यु भएकाे छ । आइतवार बिहान फसेको अटो निकाल्न गएकी यमकुमार राईको १३ वर्षीया छोरी यसिका राईकाे भालु खोलामा एक्कासि आएको बाढीले बगाउँदा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।
भालु खोलामा फसेको आफ्नो प्र. १–०५–००१ ह ०१२७ नम्बरको अटो निकाल्न परिवारसहित गएकी बालिका र अटोलाई माथिबाट एक्कासि आएको बाढीले बगाएको हो ।
बाढीले बगाएको अटोसहित बालिकाको शव फेला परिसकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरासहितको टोलीले खोज तलास गर्ने क्रममा बालिकाको शव घटनास्थलबाट आठ किलोमिटर तल दक्षिण त्रियुगा नगरपालिका– ९ त्रियुगा खोलामा फेला पारेको छ । यस्तै अटो पनि पाँच सय मिटर तल फेला परेको छ ।

प्रकाशित मिति: भाद्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend