Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्याक्टरले किचेर सहचालकको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २१ २०७८, सोमबार
ट्याक्टरले किचेर सहचालकको मृत्यु

पाँचथरः पाँचथर मिक्लाजुङ गाउँपालिका २ लक्ष्मीचौकस्थितमा ट्याक्टरले किच्दा सह–चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही पालिकाको लक्ष्मीचौकका २९ बर्षीय अविशेक आङदम्वे रहेका छन । आइतबार ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी आउँदै प्रदेश नम्वर १–०१–००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा सोही ट्यक्टरका सहचालक रहेका अविशेक ओर्लदा पछाडिको चक्काले किचेर गम्भिर घाइते भएका उनको उपचारको लागि आधारभूत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
ट्याक्टर र चालक सोही स्थानका २८ बर्षीय आइतहाङ आङदेम्बे इलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend