बेलबारीः आफ्नो घरमा कारखाना सञ्चालन गरी भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ वर्षीय आशबहादुर लिम्बू रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पडकिने पासो भएको बन्दुक १ थान, बारुद १ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान, फलामको काजो ३ थान लगायत बन्दुक बनाउन प्रयोग हुने औजारसहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बूलाई इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविराज राईले जानकारी दिए ।