Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

६ जनाको विभत्स हत्या

हाम्रो कोशी आवाज
भाद्र २१ २०७८, सोमबार
६ जनाको विभत्स हत्या

संखुवासभाः संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या भएको छ ।
संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ५ जनाको हत्या भएको मादी नगरपालिका १ नं वडा अध्यक्ष खेमनाथ कटुवालले जानकारी दिए । मृत्यु हुनेमा कार्कीसहित निजकी आमा, श्रीमती कमला कार्की, बुहारी रञ्जना कार्की, नाति दीपेन कार्की र नातिनी गोमा कार्की रहेका छन् ।
उनका अनुसार शव घर वरपरका छरपस्ट अवस्थामा रहेका छन् । श्रीमती र बुहारीको शव घर नजिकको खोलामा रहेको छ, भने तेजबहादुरको शव रोडमा भुँडीमा रोपेको अवस्थामा फेला परेको छ । साथै २ छोरी घर माथिको खरबारीमा मृत भेटिएका छन् भने आमा घर भित्र नै मृत रहेकी छन् । मादी नगरपालिका प्रमुख विदुरकुमार लिंथेपले गाउँलेले तेजबहादुरको शव रोडमा देखेपछि प्रहरीलाई खबर गरेको जानकारी दिए । वडा अध्यक्ष कटुवालका अनुसार प्रहरी टोलीले घटनाको अनुसन्धान शुरू गरेको छ ।
गएराति सो घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए । सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धारिलो हतियार प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी सुवेदीको टोली घटनास्थल मादीतर्फ गएको उनले जानकारी दिए । सदरमुकाम खाँदबारीबाट सवारी साधनमा सो स्थानमा पुग्न करिब अढाइघण्टा लाग्ने गर्दछ । डीएसपी सुवेदीका अनुसार घटनास्थल नजिकैको प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ । उनले संघीय प्रहरी इकाई प्रहरी कार्यालय धरानबाट कुकुरसहितको टोली समेत मगाइएको जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend