Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीब्र गतिमा मोटरसाइकल चलाउँदा…

हाम्रो कोशी आवाज
भाद्र २२ २०७८, मंगलबार
तीब्र गतिमा मोटरसाइकल चलाउँदा…

धरानः झापाको कचनकवल गाउँपालिका–६ स्थित भित्री पक्की सडक खण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सोमबार राति साढे ८ बजे सो दुर्घटना भएको हो । गम्भीर घाइते वर्ष ३७ को सोम दाहालको बिएण्डसी अस्पतालमा उपचारको क्रममा ९ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१०प ५२८९ नं. को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे८प २१३७ मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । मे१०प ५२८९ नं. को मोटरसाइकल चालक वर्ष २६ को करण राजवंशी र सोही मोसामा सवार वर्ष १८ कि जयामति राजवंशी गम्भीर घाइते भएका थिए ।
दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय बनियानीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीव्रगतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धरानमा दुर्घटना: युवती गम्भीर
यस्तै, धरानमा पिकअपलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । एकजना गम्भीर बनेका छन् भने एकजना सामान्य घाइते छन् । धरानको तीनकुनेस्थित विश्वकर्मा मन्दिरअगाडि सो दुर्घटना भएको हो ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–००२च४७८३ नं को पिकअपलाई सोही दिशाबाट आउँदै गरेको को३४प ९४०१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा पिकअपको लुकिङ ग्लासमा ठक्कर खाएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सिन्धुली पाचन ११ बस्ने वर्ष २५ को सन्तोष अधिकारी सामान्य घाइते भएका छन् । यस्तै, मोटरसाइकलमा पछाडि सवार सवार हिले १ धनकुटा बस्ने वर्ष १९ कि मनिषा पौडेल गम्भीर घाइते भएकी छिन् ।
उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार सम्भव नभएपछि न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । पिकअप चालक मोरङ सुन्दरहरैंचा ६ बस्ने मनिष चापागाई र दुवै सवारी साधन प्रहरी चौकी तीनकुनेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल तीब्र गतिमा कुदाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend