विराटनगरः मोरङ मिक्लाजुङ गाउँपालिका ६ का २९ वर्षीय दीपक लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घर कोठामा बिजुलीको बत्ती बनाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।