धरानः साक्षरता दिवसको अवसरमा हेन्डराइटिङ प्रतियोगिता सम्पन्न भएको छ ।
धरान-११ गैरी गाउँस्थित सुकुम्बासी बस्तीमा सम्पन्न प्रतियोगता रोटर्याक क्लब अफ धरानले जनाएको छ । कक्षा ३ देखि ५ सम्मको समूहमा नेपाली र अंग्रेजी ह्यान्डराइटिङमा अन्वेषण राई पुरस्कृत भएका छन् । ६ कक्षा देखि ८ कक्षाको नेपाली ह्याण्डराइटिङमा रेविका राई र अंग्रेजीमा दीक्षा तामाङ उत्कृष्ट भए । कक्षा–९ देखि १२ सम्मकोमा नेपालीमा पेमा बराइली र अंग्रेजीमा आश्मा बराइली प्रथम भएका थिए ।
उत्कृष्ट हेन्डराइटिङ भएका हरुलाई मेडल, प्रमाणपत्र र पुरस्कार रोट्रयाककी अध्यक्ष डा. रेविका श्रेष्ठलगायतले प्रदान गरेका थिए । हेन्डराइटिङ प्रतियोगितामा जम्मा ५५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । ती विद्यार्थीहरु टोल विकास संस्था र सुनौलो सक्षम महिला समूहबाट सञ्चालित निःशुल्क ट्यूसन कक्षामा समेत अध्ययनरत छन् । पुरस्कारको सौजन्य रोटरी क्लब अफ धरानका अध्यक्ष रुपक शाक्यले गरेका थिए भने प्रमाणपत्रको सौजन्य हर्षित अग्रवालले गरेका थिए ।
प्रत्येक वर्ष सेप्टेम्वर ८ मा विश्व साक्षरता दिवस मनाउने गरिएको छ । हाल विश्वभर ७७ करोड भन्दा बढी मान्छे निरक्षर रहेको अध्ययनले बताएको छ ।

